बालेनले समाते “लौरो”


धिरेन्द्र भट्ट /कंचनपुर : काठमाडौं मेयर स्वतन्त्र पदबाट उम्मेदवारी दिएका बालेन साहले चुनाव चिन्ह “लौरो” पाएका छन। काधमा राष्ट्रिय झण्डा बोकेर चिन्ह लिन काठमाडौको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन साहले “लौरो” चुनाव चिन्ह पाएका छन। निर्वाचन आयोगले निर्धारण गरेको तालिका अनुसार सनिवार चुनाव चिन्ह बितरण गर्दैछ जस अनुसार वालेन साहले “लौरो” चुनाव चिन्ह पाएका छन। सभागृहमा बालेन सहित उनका थुप्रै समर्थक हरुको भुइचो रहेको थियो।

स्वतन्त्र बाट उम्मेदवारी दिएका बालेनको चुनाव चिन्ह प्रति उपत्यका वासीहरु मात्रै नभएर पछिल्लो समय देशकै ध्यान बालेन तर्फ केन्द्रित भएको बेलामा उनको चुनाव चिन्ह के होला र काठमाडौको मेयर को बन्ला भन्ने उत्सुकता आम जनमानस रहेको बेलामा सनिवार मध्याह्न बालेनले चुनाव चिन्ह “लौरो ” पाएका हुन।

बालेन भन्छन ‘मैले चुनाव चिन्ह लौरो पाएकोमा खुशी र उत्साहीत पनि छु, किनभने पछिल्लो समय मैले उपत्यकावासिहरु सङ्ग भेट्दा उनिहरुले सोध्ने गर्दथे भोट त तपाइलाई नै दिन्छौ तर तपाईंको चिन्ह चै के होला भन्ने गर्दथे। अब मैले चुनाव चिन्ह पनि पाइसकेको छु सबै उपत्यका वासिहरुले “लौरो” चिन्हमा ढुक्क सङ्ग भोट हाल्न सक्नेछन’। उनी भन्छन- ‘ “लौरो” को मतलब मानिसहरूक लागि सहारा र हाम्रो नगरलाई, देशलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ भन्ने खबरदारी “लौरो” ले गर्नेछ’।


ताजा समाचार

spot_img