समाजवादीका युवा नेता बम कृष्णपुर मेयरको यात्रामा

कृष्णपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउँछु : मेयरका उम्मेदवार बम


कञ्चनपुर: नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता एव प्रदेश सदस्य सुरेन्द्र बहादुर बम कृष्णपुर नगरपालिका प्रमुखको यात्रामा छन । झण्डै दुई दशकदेखि राजनीतिमा होमिएका उद्यमी समाजसेवी समेत रहेका बमले यस पटक कृष्णपुर मेयरको यात्रा तय गरेका हुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको उचित पुर्नस्थापनका लागि सबैभन्दा उत्कृष्ठ प्रतिवेदन ल्याएका आयोगका अध्यक्ष बमले चर्चा कमाएका थिए ।

बमले बषौँदेखि आरक्षपीडितको न्यायिक पुर्नस्थापनका लागि प्रति परिवार १० कट्टा जमिन र जमिन दिन नसके ६०लाख दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । तर, सरकारले कार्यान्वयनगरेको छैन । समाजिक सेवा गर्दै आएका बमले कृष्णपुर नगरपालिका २वाणि स्थित आफ्नै होटलमा २४सै घण्टा शुद्ध खानेपानी र आसपास क्षेत्रका स्थानीयका लागि खानेपानी प्रवन्ध गरेको थप प्रसंसा कमाएका छन । बमले कृष्णपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने योजना रहेको बताए । ‘यो सपना यो नगरपालिकालाई पुर्ण भ्रष्टाचारमुक्त बनाउँदै जनताको हितमा काम गर्ने योजना छ, ‘उनले भने, ‘यस अघिका सरकारले गरेको भ्रष्टाचारपनि बाहिर ल्याउँछु ।’

संस्थागत भ्रष्टाचार अन्त्य गर्दै जनपक्षीय काम गर्ने बमको प्रण छ । बमले नगरको भौतिक पुर्वधार शिक्षा, स्वास्थ्य खानेपानी, संचार, उद्योग एव रोजगारी, पर्यटन, संरक्षणका योजना ल्याउने बताए । बषौँदेखि जकल्टिएको आरक्षपीडित, भूमिहिन, मुक्त कमैया, हलियाका सबै समस्या समाधान गर्ने समेत बताए । नगरपालिकाको एकीकृत दिगो विकास र सम्बृद्धि गर्दै जनताको हितमाा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img