भीमदत्त नगरमा (माओवादी–समाजवादी)का बाम गठबन्धनका उम्मेदबारको घरदैलो शुरु


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेकपा एकीकृकत समाजवादी र नेकपा माओवादी केन्द्रका संयुक्त बाम गठबन्धनका उम्मेदवारको घरदैलो अभियान शुरु भएको छ । शुक्रबारदेखि भीमदत्त नगरमा बाम गठबन्धनका उम्मेदवारले संयुक्त घरदैलो अभियान शुरु गरेका हुन ।

नेकपा एकीकृकत समाजवादी भीमदत्त नगरका युवा नेता रमेश पन्तले दुवै दलका संयुक्त उम्मेदवार चुनावी मैदानमा होमिएको बताए । उनका अनुसार भीमदत्त नगर प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेय र उप प्रमुख कृष्णदत्त जोशी(बोक्सर) सहितका बाम गठबन्धनका उम्मेदवारले भीनपा १ बाराकुण्डाबाट घरदैलो अभियान शुरु गरिएको बताए । ‘हाम्रो अभियानका दौरानामा स्थानीय जनताले अधिल्ला जनप्रतिनिधीले सडक समेत निर्माण नगरिदिएको भन्दै गुनासो पोखेका छन, ‘उनले भने, ‘अघिल्ला जनप्रतिनिधीले खुबै गरेका छौँ भन्दै प्रचारबाजी गरेका थिए, यहाँ त जनता सडक नभएको गुनासो पोख्दैछन ।’

बाम गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डे र उप प्रमुखका उम्मेदवार कृष्णदत्त जोशी(बोक्सर)ले भ्रष्टाचार रहित नगरपालिका बनाउँदै सम्बृद्धिमा जोडदिएका छन । एकिकृत विकास गर्दै नगरपालिकालाई नमुना नगरपालिका बनाउने घोषणा गर्दै आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन ।


ताजा समाचार

spot_img