टिकटक स्टार तथा समाजसेवी अंश बर्मा अनौपचारिक रूपमा राप्रपा प्रवेश

राप्रपा बाट मेयरका प्रत्यासी गजेन्द्र चन्दलाई समर्थन गरेका छन


कञ्चनपुर : “हामी त्यहाँ पुग्नेछौ, जहाँ जरुरत छ” यही नारा लाई आत्म साथ गर्दै आवश्यक्ता भएको ठाउमा आफुले गर्न सक्ने सहयोगी हात लगेर हिनीरहेका टिकटक स्टार तथा समाजसेवी अंश बर्मा आज एक कार्यक्रमका बिच भिमदत्त नगरपालिका बाट मेयरका उम्मेदवार गजेन्द्र बहादुर चन्द र उपमेयर हेलन श्रेष्ठको साथ सहयोग र समर्थनका लागी अघी सरेका छन ।

यो संगै उनी अनौपचारिक रूपमा पार्टीमा प्रवेश गरेको समेत बुझ्न सकिन्छ ।औपचारिक पार्टी प्रवेश भने पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बाट गर्ने बिचारमा छन ।

उनी भन्छन “हाम्रो होईन,राम्रो हेरौं! अब नगरलाई “सपना बाडेर होइन” “सपना साकार पार्नसक्ने” व्यक्तीको हातमा नगरको चाबी सुम्पिउ। तपाई हामी सबैले भिमदत्त नगरमा मात्रै होइन जहॅा जाहॅा राप्रपाका उम्मेदवार उठेका छन ती सबैलाई अत्यधिक बहुमतका साथ विजयी गराऔ । जुन पार्टीको मुख्य एजेण्डा विश्वमै नेपालको पहिचान बोकेको राजसंस्था सहितको हिन्दुराज्य कायम गर्नु रहेको छ ।

यस्तो पवित्र विचार बोकेर अगाडी आएको पार्टीको सहयात्री हामी किन नबन्ने त ! एक पल्ट हामिले गहन भएर सोच्नु पर्ने बेला आएको छ, तसर्थ आउनुस हामी सबै मिलेर यो पुण्य कार्यमा आ-आफ्नो तह र तप्काबाट साथ सहयोग गरौ ।


ताजा समाचार

spot_img