कञ्चनपुर : निर्वाचन आयोगले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुखको आधिकारिक उम्मेदवार नवराज ऐर भएको स्पष्ट पारेको छ । निर्वाचन आयोगले शुक्लाफाँटा नगर प्रमुखको उम्मेदवार नवराज ऐर नै भएको निर्णय गरेको हो । माओवादी नेता समेत रहेका लोक बहादुर ऐरीले नवराज ऐर बिरुद्धमा दिएको उजुरी बदर गरिदिएको छ ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट स्वमय उपस्थित भई आफ्नो परिचय पत्रको प्रतिलिपि समेत सलग्न गरेको पार्टीको ०७९ बैशाख १२ गतेको पस ०७८/०७९ पत्र ३५को पत्रबाट समेत नगर प्रमुखको उम्मेदवार नवराज ऐर भएको भन्ने लेखि आएकाले मनोनयन दर्तामा केही परिर्वतन नगरीरहनु परेन भन्दै निर्णय भएकाले छ ।

निर्वाचन आयोग स्थानीय तह सदस्य निर्वाचन ०७९ निर्वाचन अधिकृतको कार्यालय शुक्लाफाँटा नगरका सहायक निर्वाचन अधिकृत विष्णूराज पन्तले हस्ताक्षर गरेको सुचनामा माओवादी केन्द्रबाट मेयरका आधिकारित उम्मेदवार नवराज ऐर नै भएकाले सार्वजनिक रुपमा सुचना प्रकासित गरेको छ । विद्यार्थीबाट राजनीतिक यात्रा तय गरेका ऐर दुई दशकदेखि राजनीतिक यात्रामा छन ।







