ल्याब टेक्निसियन पढेका दिपक वडा अध्यक्षमा उम्मेदवार


महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिका–७ का २८ वर्षीय युवा दीपक भट्टले सोमबार नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । दीपक पढाइका हिसाबले ल्याब टेक्निसियन हुन् । सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा सेवा पनि गरे । तर, उनले स्तर अनुसारको काम नपाएपछि स्वास्थ्य संस्थामा काम गर्न छाडेर फेरि पढाइमै फर्किए । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना भए । क्याम्पसबाटै उनी राजनीति प्रति आकर्षित हुन थाले । बिभिन्न चरणका विद्यार्थी आन्दोलनमा होमिए, दीपक । विद्यार्थीका समस्यामा साथ दिन थाले । उनी विभिन्न क्लब तथा संस्थाहरुमा आवद्ध छन् । उनले चाउमिन उद्योग पनि सञ्चालन गरेका छन् । २०६८ सालमा सानो लगानीबाट उनले खोलेको उद्योगमा अहिले ५ जनालाई रोजगारी दिएका छन् । ५ लाख रुपैयाँको लगानीमा सुरु गरेको चाउमिन उद्योग अहिले उनको जीविकोपार्जनको प्रमुख माध्यम बनेको छ ।No description available.माध्यमिक शिक्षासम्म डडेल्धुराको सिद्धनाथ माध्यमिक विद्यालय चन्दनी तातापानीमा पढ्दै गर्दा उनी विद्यार्थी राजनीतिमा लागे । उनी कक्षा ८ मा पढ्दा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको इकाई कमिटी अध्यक्ष भए । ‘शिक्षा सबैको पहुँचमा हुनुपर्छ भनेर विद्यार्थी राजनीतिमा लागे,’ उनले भने, ‘विद्यार्थीले पुस्तक नपाउने, छात्रबृति नपाउने लगायतका समस्या थिए, ती समस्या समाधानका लागि नै विद्यार्थी राजनीतिमा लागेको थिए ।’ त्यहाँ कक्षा १० सम्मको पढाईपछि दीपक उच्च शिक्षा हासिल गर्न महेन्द्रनगर आए । उनले महेन्द्रनगरमा १५ महिने प्राविधिक शिक्षा (ल्याब असिस्टेन्ट) को अध्ययन पढे । पढाई सकेर उनी सरकारी जागिरका लागि भौतारिए । जागिर खोज्ने क्रममा उनले डडेल्लधुराको टिम हस्पिटल र प्राथमिक स्वास्थ्य केन्द्र जोगबुढामा काम पाए ।No description available.तर, दक्षता अनुसारको सुविधा नपाएपछि त्यो काम छाडेको बताए । ‘काम अनुसारको सेवा सुविधा नपाएपछि थप शिक्षा लिन फेरी महेन्द्रनगर आएर सिद्धनाथ विज्ञान क्याम्पसमा उच्च शिक्षाको पढाई सुरु गरे,’ उनले भने, ‘त्यहाँबाट ब्याचुलर तेस्रो वर्षसम्म पढाई गरेँ ।’ २०६४ सालमा सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना भएपछि रोकिएको राजनीतिक यात्रा फेरी सुरु भयो । उनी विद्यार्थीका समस्या समाधानमा सक्रिय भए । ‘सिद्धनाथ विज्ञान क्याम्पस सुदूरपश्चिमकै हब थियो, त्यहाँ पहाडी जिल्लाबाट धेरै विद्याथी पढ्न आउँथे,’ उनले भने, ‘त्यहाँ पनि विद्यार्थीले पुस्तक, छात्रबृतिलगायतका सेवा नपाउने अवस्था थियो, पहुँच भएकालाई मात्रै छात्रबृति दिइन्थ्यो, त्यसपछि फेरी विद्यार्थी आन्दोलनमा सक्रिय भए ।’ उनी अखिल क्रान्तिकारी कञ्चनपुरको सचिवालय सदस्य, जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत भए । अहिले उनी नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य र शुक्लाफाँटा नगर कमिटीको सचिव छन् ।

 

 


ताजा समाचार

spot_img