धिरेन्द्र भट्ट / कञ्चनपुर- ओलि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि सर्मा ओलिले नेपाली कांग्रेस कस्तो पार्टी हो थाहा पाउन सबै जनताले एकपटक कांग्रेसको घोषणा पत्र पढ्नु पर्ने बताएका छन। मंगलबार मनमोहन अधिकारिको २३औ स्मृति दिवसमा बोल्दै ओलिले कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा सभ्यता, शिष्टता र मर्यादाको सिमा पार गर्दै आफ्ना मुख्य उद्देश्य भन्दा एमाले लाई आरोपै आरोपको लगाउने कुरा आफ्नो घोषणा पत्रमा राखेको बताउनुभयो।
कांग्रेसले रास्ट्रपतिलाई लिएर पछिल्लो राजनिती बिबाद लाई समेत आफ्नो घोषणा पत्रमा समावेस गरेको प्रति असन्तुष्टि जनाउदै ओलिले कांग्रेसलाई सन्चो नभएको स्पष्टी दिए। घोषणा पत्र बनाउदा अलि संबैधानिक, कानुनी कुरा लेख्नु पर्नेमा कांग्रेसले घोषणापत्रमा राजनितीक पुर्वाग्रह साध्ने जस्ता क्रियाकलाप देखाउन खोजेको आरोप लगाए। ओलिले कांग्रेसले चिट चोर्ने विद्यार्थीको जसरी एमालेको घोषणापत्रको नक्कल गरेको समेत आरोप लगाएका छन।
‘एमालेको घोषणापत्र उतातर्फ हेर्ने एतातर्फ लेख्ने हुदा आँखा उता हात यता हुदा छड्के अक्षर भएका छन,’ उनले भने। ओलिले कांग्रेसको घोषणापत्रमा तीन चिजको कम्बिनेसन भएको उल्लेख गरेका थिए। ‘पहिलो एमालेमाथी तथानाम गाली दोश्रो संविधानका केही कुराको उतार अर्को एमालेको कपि,’ उनले भने। ओलिले कांग्रेस तर्फ कटाक्ष गर्दै एमालेको घोषणापत्र चोर्दा कुसल विद्यार्थीको चिट चोराइ नभएको भने।






