धिरेन्द्र भट्ट/कंचनपुर : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचतमा तालमेल गर्न सत्ता गठबन्धन सफल भएको दाबी गरेका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा महराले भने,‘गठबन्धन सफल भएको छ।

बिहान गठबन्धनका पाँच पार्टीका नेताहरुले पनि सफल भयौं भन्नु भएको छ।’ गठबन्धनबीचमै उपेक्षा भएको गुनासो आइरहेको छ नि भन्ने प्रश्नमा महराले पार्टीको हैसियत अनुसार तालमेल भएको भन्दै त्यसमा हेपिएको महसुस गर्न नहुने बताए। ‘कतै कतै कांग्रेसले हामीलाई पेलेको छ,कतै कसैले पेलेको छ,’ उनले भने, ‘गठबन्धन भनेकै फरक विचार राख्नेहरुबीचको तालमेल हो ।

आफ्नो क्षमता, हैसियत अनुसार गठबन्धन भएको छ। कसैले हेपिएको महसुस गर्नुहुँदैन । यी कुरा विस्तारै मिल्छ ।’







