विप्लव कञ्चनपुरका नेता भट्टले कृष्णपुर मेयरका लागि उम्मेदवारी दिए


कञ्चनपुर : नेपा विप्लव कञ्चनपुरका युवा नेता रामदत्त भट्टले कृष्णपुर मेयरका लागि उम्मेदवारी दिएका छन । सोमबार दिउँसो विप्लव कञ्चनपुरका सचिवालय सदस्य समेत रहेका भट्टले मेयरका उम्मेदवारी दिएका हुन । उप मेयरका लागि उपा थापा(मगर)ले उम्मेदवारी दिएका छन ।

वडा अध्यक्ष ७बाट चन्द्र ताम्राकार र सदस्य धन बहादुर धामीले पनि उम्मेदवारी दिएका हुन । कृष्णपुर मेयरका उम्मेदवारी दिएका विप्लव नेता रामदत्त भट्टले पाटीकै नीति अनुरुप उम्मेदवारी दिएर भ्रष्टाचार सहित नगरपालिका बनाउने घोषणा गरे । ‘जिल्लाभरी हाम्रो स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भईरहेको छ, ‘उनले भने, ‘पाटीको नीति चुनाव उपभोग गर्ने छ, त्यही अनुरुप गरिरहेका छौँ ।’


ताजा समाचार

spot_img