एमाले संसद नेता चढेको गाडीको ठक्करबाट दुई युवक घाईते

कञ्चनपुर: कञ्चनपुरको झलारीमा नेकपा एमालेका नेता संसद चढेको गाडीले ठक्करले दिदा दुई युवक घाईते भएका छन । आइतबार दिउँसोतिर एमालेका संसद त्रय निरुदेवी पाल, नर बहादुर धामी, दिपक प्रकास भट्ट सहितका एमाले नेता एव संसद चढेको गाडीले ठक्कर दिदा कञ्चनपुरका दुई युवक घाईते भएको प्रहरीले जनाएको छ ।

No description available.

ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज ज्ञानेन्द्र बहादुर सिहले एमाले नेता संसद चढेको बा एबी १३७६ नम्बरको स्कारपियोको ठक्करबाट म२प ९९६१ नम्बरको मोटरसाईकलमा सवार बेदकोट नगरपालिका ९ सुन्दरपुरका राज कुमार राना र करन राना घाईते भएको बताए । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको उनले बताए ।

स्थानीयले एमाले संसदको गाडीबाट नागरिक ठक्करबाट घाईते हुँदा समेत चालक फारर हुनुले कतै कुनै संसद वा नेताले गाडी चलाएको भन्दै सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही र घाईतेको उपचार गर्नुपर्नेमा जोडदिएका छन । स्थानीय पदम सिहले जब संसद, नेता चढेको गाडीबाट चालक फरार हुनु शंस्कापद भएको भन्दै यो घटनामा प्रहरीले ठुलालाई ऐन सानालाई चैन गरेको बताएका छन ।

ताजा समाचार

This will close in 10 seconds