धिरेन्द्र भट्ट/ कंचनपुर : धनगढी उप-महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफनो उम्मेदवारी दर्ता गराएका छन् । धनगढीको ट्राफिक चोकबाट बाजागाजासहित स्वतन्त्र शक्तिको प्रर्दशन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर हमालले आइतबार ११ बजे उम्मेदारी दर्ता गराएका हुन् उम्मेदवार हमाल २०७४ को स्थानीय तहको चुनावमा धनगढी उप–महानगरका विजयी मेयर नृपबहादुर वडका निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।
त्यसबेला पनि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनीले वडभन्दा २ हजार ७ कम कम ल्याएर हारेका थिए । उनले ११ हजार ६ सय बढी मत ल्याएका थिए । वडले १४ हजार ३ सय मत ल्याएका थिए । २०७४ को निर्वाचनमा एमाले र माओवादीले स्वतन्त्र उम्मेदवार हमाल भन्दा कम मत ल्याएका थिए । अहिले पनि स्वतन्त्र उम्मेदवार हमाललाई गठबन्धन उम्मेदवारको निकटतम प्रतिद्वन्दीकै रुपमा नगरबासीले हेरेका छन् ।






