धिरेन्द्र भट्ट /कञ्चनपुर : मोहित ट्राभल्स एन्ड टुर्स प्रालिको २०७९ को पहिलो खप्तड पद यात्रा सुरु भएको छ। पद यात्राको प्रारम्भ बैशाख ५ गते काठमाडौ बाट सुरु गरिएको हो। उक्त यात्रामा ५ जना रहनुभएको छ र यो यात्रा १० गते शुक्लाफाँटाको सफारी पछि फिर्ता हुनेछ। ‘यो मानक यात्रा कार्यक्रम हो ब्यक्तिको शान्ति र पदयात्रा गर्ने बानीलाई ध्यानमा राखी दिन प्रतिदिनको योजनामा परिवर्तन ल्याउछ भन्ने बिश्वासका साथ यो यात्रा सुरु गरिएको’ पर्यटन ब्यवसायि तथा मोहित ट्राभल्स एन्ड टुर्सका संचालक प्रमानन्द भण्डारीले ले जानकारी दिनुभयो।

उक्त यात्रा ६ दिनको रहनेछ, यश यात्राका क्रममा गोदावरी धाम, डडेल्धुराको उग्रतारा मन्दिर, अमरगडी किल्ला, सैलेस्वरी मन्दिर सहस्त्रलिङ्ग त्रिबेणि धाम, नागढुङ्गा, खापड दह तथा खप्तड बाबा कुटि लगायतका स्थानहरु भ्रमण गराउने तालिका रहेकोपर्यटन ब्यवसायि तथा मोहित ट्राभल्स एन्ड टुर्सका संचालक प्रमानन्द भण्डारीले ले जानकारी दिनुभयो। यात्राको पहिलो दिन महेन्द्रनगर देखि धनगढी जानेछ भने त्यस पश्चात धनगढी देखि झिगरना तर्फ प्रस्थान हुनेछ सो यात्राको अनुमानित समय ५ घण्टा ३० मिनेटको र १७५ कि.मि दुरि पार गर्दै हुनेछ। पदयात्रा को क्रममा बाटोमा डडेल्धुरामा उग्रतारा मन्दिर दर्शन गर्दै दिपायल तर्फ दिपायल मा खाजा खाने र राती को बास झिगरनामा गर्ने तालिका रहेको छ। यात्राको अन्तिम(छैटौं दिन) दिन होटलको बिहानको खाजा पछि सैलेस्वरी मन्दिरको दर्शन पश्चात गन्तव्य तर्फ फर्कने मोहित ट्राभल्सका संचालक पर्यटन ब्यवसायि तथा मोहित ट्राभल्स एन्ड टुर्सका संचालक प्रमानन्द भण्डारीले ले जानकारी गराउनु भयो।







