आधारभु पत्रकारिता तालिम सम्पन्न

स्थानीय स्तरमा क्षमतावान पत्रकार उत्पादनका लागि आधारभूत पत्रकारिता तालिमको संचालन गरिएको युवा संजाल अध्यक्ष : पाण्डेय


ललित साउँद /कञ्चनपुर : जिल्लाको बेदकोट नगरपालिकामा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा वेदकोट युवा संजालको आयोजनामा एक साता सम्म संचालन गरिएको आधारभुत पत्रकारिता तालिम सनिवार एक कार्यक्रमका साथ नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यता मा समापन गरिएको हो।

No description available.

२०७८ चैत्र २७ देखि बैशाख ३ गते एक साता सम्म संचालन गरिएको आधारभूत पत्रकारिता तालिममा २० जना युवायुवती को सहभागिता रहेको थियो। बेदकोट नगरपालिकामा रहेका १० वडा बाट एक वडाबाट दुई जना सहभागि रहेको युवा संजालले जानकारी दिएको छ। आधारभूत पत्रकारिता तालिम सुदूरपश्चिम प्रदेशका अनुभवी दक्ष क्षमतावान वरिष्ठ पत्रकार चित्राङ्ग थापा, खेम भण्डारी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष भवानी भट्टले प्रशिक्षार्थी लाई प्रशिक्षण दिएको थियो।

No description available.

पत्रकारिता तालीमले पत्रकारिता क्षेत्रमा काम गर्न चाहाने युवा युवतीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने नगर युवा संजालका अध्यक्ष पदमराज पाण्डेयले बताए । उनले भने, ‘युवा संजालले वेदकोट नगरपालिकामा युवा लक्षितका साथै विभिन्न समाजिक हितका कार्यक्रम गर्दै आएको छ।’


ताजा समाचार

spot_img