राजतन्त्र पुनर्स्थापनाको सम्भावना सकियो – कमल थापा


धिरेन्द्र भट्ट/कञ्चनपुर : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र पुनर्स्थापनाको सम्भावना सकिएको दाबी गर्नुभयो। आज बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले नेपालमा राजतन्त्र पुनर्स्थापनाको सम्भावना सकिएको ले राप्रपा छोड्नु परेको स्पष्ट पारे। साथै नेपाली जनताहरुले राजतन्त्र र गणतन्त्रको अभ्यास बुजिसकेकाले फेरि राजतन्त्रको स्थापना नहुने बताए।

आफ्नो चुनाव चिन्ह निर्वाचन आयोग समक्ष बुझाउन गारो भएपछि सुर्य चिन्हबाट चुनाव लड्ने निर्णय लिनुपर्यो, उनले बताए। “राप्रपाले हिन्दुराज्यको एजेन्डा अगाडि बढाउन बनाउन बाधक भुमिका निर्वाह गरुरहेको छ”, थापाले भने। पत्रकारहरु सङ्ग कुराकानी गर्दै थापाले भने, “राजा फर्कने अरू नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन। २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन’, उनले भनेका छन्।

उनले पुरानो पार्टी पनि आफैंले बनाएको घरमा आउने बताए। आफ्नो पुरानो पार्टीलाई लक्षित गर्दै गर्दै थापाले भने ” ढिलै भएपनि तपाईं मेरो बाटोमा आउनुहुनेछ, अहिले गालिगलौच र आरोपहरु खेपेर पनि म तपाईहरुको लागि बलियो घर बनाइराख्ने छु। पहिला पनि मैले बनाएको घरमा तपाईं आउनु भएको छ। राजाको माया त लाग्छ, त्यसैले राजसंस्थाप्रति मेरो सदैब सम्मान रहनेछ।”


ताजा समाचार

spot_img