महेन्द्रनगर : कञ्चनपुरमा अत्याधुनिक सेवा सुविधा सहितको मन्त्र अस्पताल एण्ड रिसर्च अस्पताल संचालनमा आएको छ महेन्द्रनगरको ट्राफिक चोक नजिक रहेको अस्पतालको हाल सम्म १२ देखी १४ करोडको लगानीमा ‘मन्त्र हस्पिटल’ सञ्चालनमा ल्याइएको हो । विगतको दिनहरुमा कञ्चनपुरमा सामान्य विरामी पर्दा कैलाली नेपालगञ्ज भारतका बिभिन्न शहरहरुमा उपचारको लागि जान पर्ने बाधयता रहेको अवस्थामा जिल्लामा एउटा अस्पताल पनि सेवा सुविधा सहितको संचालनमा नआउँदा स्थानियहरुले दुख भोग्नु परेको अवस्थालाई कमगर्न जिल्लामा मन्त्र अस्पताल संचालनमा ल्याईएको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष कैलाशचन्द्र भट्टले बताए ।

कञ्चनपुरका बिरामीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको उनको भनाई छ । ‘धनगढी, काठमाडौंका हस्पिटलहरुले दिने सेवा हामी यहीँ दिन्छौं,’ उनले भने, ‘महेन्द्रनगरमा धेरै पटक हस्पिटल खोल्ने प्रयास भए, खोल्यौं पनि तर दक्ष जनशक्ति नहुँदा अस्पतालहरु बन्द भए, अहिले हामीसँग दक्ष जनशक्ति प्रयाप्त छ ।’ हस्पिटलमा स्वास्थ्य क्षेत्रमा कार्यरत लगायत ३८ जनाले लगानी गरेका छन् । २४ सैं घण्टा सेवा दिने गरी २५ बेडको हस्पिटल सञ्चालनमा ल्याइएको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष कैलाशचन्द्र भट्टले बताए ।

उनका अनुसार हस्पिटलमा अहिले ९ जना विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका छन् । ‘कोरोना कहर चलिरहेको थियो, दैनिक रुपमा मान्छेहरु मरिरहेका थिए,’ उनले भने, ‘महाकाली अस्पतालका बेडहरु भरिभराउँ थिए, बिरामी उपचार नपाएर मरिरहेको दृष्य देखेर एउटा टीम बनाएर हस्पिटल निर्माण गर्ने योजना बनाएका थियौं ।’ हस्पिटलले अत्याधुनिक ल्याब, आइसियू, अप्रेशन कक्ष निर्माण गरेको छ । मन्त्र हस्पिटलमा देशभरीका विशेषज्ञ डाक्टरहरुले सेवा दिने मुख बंगारा विशेषज्ञ डा. दिपक ठकुराठीले बताए ।







