सुदूरको लोक संस्कृति जोर्गेना गर्न बेलडाँडीमा साँस्कृतिक महोत्सव


कञ्चनपुर : सुदूरपश्चिमेलीको लोक संस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरको बेलडाँडीमा साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । न्यू खप्तड युवा क्लबको आयोजना बेलडाँडीको खैरिघाटमा साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । May be an image of 5 people and people standingनयाँ बर्ष २०७९को अवसर पारेर खप्तड युवा क्बलले खैरिघाट बृहद खेलकुद प्रतियोगिता समेत गरेको बुझिन्छ । विशु पर्वकै दिन साँस्कृतिक कार्यक्रम आयोजना गरि सुदूरपश्चिमेलीको लोक देउडा खेल खेलिएको छ । न्यू खप्तड युवा क्लबका अध्यक्ष नरेन्द्र विष्टले विशु अर्थात नयाँ बर्षलाई मध्यनजर गर्दै खैरिघाटमा खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रम गरिएको बताए ।May be an image of 3 people and people standingहरेक नयाँ बर्ष १ बैशाखमा सुदूरपश्चिममा विशु पर्व मनाईदै आएको पर्वलाई जोर्गेनाका साथै खेलखेलाडी सुदूरका स्थानीय कलाकारको हौसला प्रदानका लागि कार्यक्रम आयोजना गरिएको बताए । लक्ष्मण अधिकारी, चेत बहादुर शाह, मञ्जु गिरी, चेतन बोहारा, डिग्रादेवी वादी सहितले देउडा खेलेका थिए । खेलकुद प्रतियोगिताका विजेता टिमलाई पुरस्कारका साथै विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा, बेलडाँडी गाँउपालिका प्रमुख धन ब. थापा सहितका सरोकारवाला निकायका प्रतिनिधीले न्यू खप्तड युवा क्लबले सुदूरको लोक संस्कृति संरक्षणमा भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेका थिए ।


ताजा समाचार

spot_img