रेडियो महाकाली परिवारद्धारा विपन्न दलित परिवारलाई खाद्यन्न सहयोग


महेन्द्रनगर : रेडियो महाकाली ९६.२ मेगाहर्ज परिवारले विपन्न दलित परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । आफनो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा खाद्यन्न सहयोग गरिएको हो । भीमदत्त नगरपालिका १८ कटानमा बस्ने विश्व लुहारको कोही पनि नभएको र आर्थिक अवस्था पनि कमजोर रहेको अवस्थाबाट गुर्जिरहेका उनलाई रेडियो महाकाली परिवारले खाद्यन्न सहयोग गरिएको रेडियोका स्टेशन म्यानेजर भुपाल केसीले बताए ।

लुहारलाई चामल, दाल तेल, तरकारी, मसला,साबुन सोडा, पिठो आदी सहयोग गरिएको छ । सहयोग पाएपछि लुहारले रेडियो महामाली परिवारलाई धन्यवाद व्यक्त गरेका छन् । “सुदूरपश्चिमको सच्चा प्रहरी” नारा लिएर रेडियो महाकालीले आफनो परिक्षण प्रशारण २०६३ चैत्र २४ गते देखी शूर गरेको थियो भने नियमित प्रशारण २०६४ बैशाख १५ गते देखी गरेको थियो ।रेडियोले विगतका दिनमा पनि आफनो वार्षिकोत्सवमा बिभिन्न सामाजिक कार्य गर्द आई रहेको छ । अहिले नियमित १८ घण्टा प्रशारण गरिरहेको रेडियले बिभिन्न ज्ञान वद्र्धक कार्यक्रम स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय समाचार, र मनोरञ्जनामक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।


ताजा समाचार

spot_img