पुनर्वासमा माओवादी केन्द्रको पाटी कार्यालय उद्घाटन

माओवादीका नेता भन्छन, ‘पुनर्वासमा जनता हाम्रै पक्षमा छन’


कञ्चनपुर: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वास नगरपालिका पाटी कार्यालय उद्घाटन गरेको छ । आशन्न स्थानीय तहको चुनाव केन्द्रीत गरेर माओवादी केन्द्रले नगर पाटी कार्यालय उद्घाटन गरेको हो । बिहीबार एक कार्यक्रमका विच नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवपुर्वमन्त्री बिना मगरले पाटी कार्यालय उद्घाटन गरेकी हुन । पाटी उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले माओवादीकै संघर्षका कारण आएको परिर्वतन संस्थागत गर्नुपर्नेमा जोडदिएका छन । नेताहरुले पुनर्वासका जनता माओवादीकै पक्षमा रहेको समेत विश्वास व्यक्त गरेका छन ।

No description available.

जनयुद्धदेखि हरेक माओवादी आन्दोलन परिर्वतनमा जनताको पाटीलाई साथ सर्मथन रहेकाले स्मरण गर्र्दै विगत, अहिले, भोली भाविष्यमा समेत साथ सर्मथन रहेको बताएका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिना मगर, अर्का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, प्रदेश सहसचिव राम बहादुर देउकर(रक्तबिज) सहितका नेताहरुले शुभकामना मन्तव्य दिदै नेता कार्यकर्तालाई चुनाव केन्द्रीत परिचाल हुन पार्टीका एजेण्डा लगेर जनताको घरदैलोमा जान आब्हान गरेका छन । माओवादी केन्द्र पुनर्वास नगरका अध्यक्ष धोखे रानाको अध्यक्षतामा भएको कार्यैक्रममा नेता कार्यकर्ता, विभिन्न जनबर्गिय संघ संगठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । पालिका स्तरमा पाटी कार्यालय वडा स्तरमा समेत कार्यालय स्थापना गरेर थप कार्यक्रम अघि बढाउने नेताहरुले बताएका छन ।

No description available.


ताजा समाचार

spot_img