कञ्चनपुर: नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसियलले कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा संगठन विस्तार गरेको छ । एकै दिन वाईसियलले बेलडाँडी २ र ५मा नम्बर वडामा संगठन विस्तार गरेको हो । २मा पदम आग्रीको अध्यक्षतामा २७ सदस्यीय र ५मा अनिल रानाको अध्यक्षमा २१ सदस्यीय संगठन विस्तार भएको हो । २को सचिव मनोज खडका, ५को सचिवमा सन्तोष राना रहेका छन ।

वाईसियल बेलडाँडी गाँउपालिका सबै वडाहरुमा संगठन विस्तार अन्र्तरगत बुधबार बेलडाँडी २ र ५ मा वाईसियल वडा स्तरिय कमिटि विस्तार भएको हो । वाईसियल बेलडाँडीका इन्चार्ज चेत बहादुर शाहले संगठनको अभियान अन्र्तरगत बेलडाँडीमा समेत वाईसियल विस्तार भईरहेको बताए । नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहको प्रमुख आथित्यमा वाईसिय कमिटि विस्तार भएका छन । नव गठित वाईसियल कमिटिलाई माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाह, उपाध्यक्ष जनकराज गिरी, वाईसियल बेलडाँडी इन्चार्ज एव पाटी सचिव चेत बहादुर शाह, वाईसियल बेलडाँडीका संयोजक दिपक खडकाले प्रशिक्षण दिएका थिए । वाईसियले यस पटक चुनावमा माओवादी जिताउन खटिने घोषणा गरेका छन ।







