धिरेन्द्र भट्ट/ कञ्चनपुर : निर्वाचित जनप्रतिनिधिले पुनः स्थानीय तहमा उम्मेदवारी दिए पदबाट राजिनामा दिनुपर्ने निर्वाचन आचारसंहिता माग गर्दै निर्वाचन आयोगले सर्बोच्च अदालतमा निवेदन दर्ता गरेको छ। निर्वाचन आयोगले जनप्रतिनिधिले पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्दा राजिनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा राखेको थियो। तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपलिका क अध्यक्ष निमा ग्याल्जन सेर्पाले दिएको रिटमा सर्बोच्चले चैत्र ८ गते आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेस दिएको थियो।

निर्वाचन आयोगले निवेदनमा भनेको छ, ‘… स्थानीय तहको कुनै पदमा निर्वाचित वा मनोनित कुनै पदाधिकारीलाई सो पदमा वहाल रहँदासम्म लाभको पद धारण गरेको होइन भनी निजको मनोनयनपत्र स्वीकृत गर्न मिल्ने कानुनी आधारसमेत छैन । निर्वाचन आयोगले प्रतिनिधिभा र प्रदेशसभा सदस्यले चुनावमा प्रतिस्पर्धा गर्न राजीनामा दिन नपर्ने व्यवस्था संविधानमै राखिएको तर स्थानीय तहका जनप्रतिनिधिको हकमा त्यस्तो व्यवस्था नभएको बताएको छ । यो अन्तरिम आदेस खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालय मार्फत सर्बोच्चमा निवेदन दिएको हो।







