महेन्द्रनगर : नेपालका लागी आधिकारीक विक्रेता केशरीचन्द भानर्वालालले महेन्द्रनगर बजारमा कन्सट्रकशन केमिकल विक्रिका लागी ल्याएको छ । कृतीम रवर बाट बनेको पाँलिमरको विभिन्न ठाउँमा उपयोग, कंक्रीट एवं प्लास्टरको मशाला तयार गर्नका लागी महेन्द्रनगर बजारमा कन्सट्रकशन केमिकल विक्रीका लागी ल्याइएको हो ।केशरीचन्द भानर्वालाल पिभीटी एलटीडीका बजार व्यवस्थापक टेकेन्द्र नेपालले देशका बिभिन्न १८ सहरमा कन्सट्रकशन केमिकल विक्री भइरहेको बताए । नयाँ घर बनाउन, पुराना भत्केका घर पुनः निर्माण गर्न, सिमेन्टमा पानीको मात्रा कम गर्न कन्सट्रकशन केमिकल बजारमा ल्याइएको उनले बताए । भारतमा उत्पादीत उक्त केमिकल नेपालको हकमा आधिकारीक विक्रेता केशरीचन्द भानर्वालाल विराटनगरमा रहेको छ । महेन्द्रनगरमा ठकुराठी इन्टरप्राइजेजले कन्सट्रकशन केमिकल विक्री गरिरहेको हो ।


नया निर्माण र पुराना निर्माणमा समेत आफना उत्पादन कारगर रहेको नेपालको दाबि छ । आफ्ना उत्पादनहरुले कम पानी प्रयोग गरेर काम गर्न सकिने, निर्माणका काममा पानिमा काम गर्न प्रयोग गरिने केमिकल देखि विभिन्न ठाउमा आउने सिलाप रोक्न, भित्तामा पाप्रा आउन रोक्ने सम्मका करिव दर्जन जति निर्माण सहयोगि सामग्रि रहेको बताएका छन । महेन्द्रनगर, धनगढि समेत देशभर १८ जति शहरमा आफ्नो सामग्रि उपलब्ध रहेको, यो भारतिय उत्पादन भएको र खाडि लगायतका देशमा समेत निर्यात हुने गरेको उनेको दाबि छ ।


आइतबार निर्माणकर्मी संग बारे छलफल कार्यक्रमको आयोजना गर्दे प्रशिक्षक, बजार व्यवस्थापक नेपालले निर्माणकर्मीहरुको मागका आधारमा केमिकल उपलब्ध गराइरहेका बताए । उनले महेन्द्रनगरमा ५ बढी जिर्ण घरमा केमिकलको सहायताले पुनः निर्माण गरिएको जनाए । घर ढलान, प्लास्टर गर्न कन्सट्रकशन केमिकल प्रयोगमा ल्याउन उनले आग्रह समेत गरे । एकजना ठेकेदार रतन अधिकारी बताउछन यस्ता गुणस्तरिय उत्पादन नभएर हामिले गरेका काममा दोष देखाउने र हामिले राम्रो गरेर जस नपाउने अवस्था थियो अब यो उत्पादनले केही राम्रो गर्न सकिन्छ भन्ने लागेको छ ।







