“धरहरा पुनर्निर्माण सम्पन्न हुन दसै कुर्नुपर्ने”


धिरेन्द्र भट्ट/कञ्चनपुर :  निर्माणाधीन धरहरा पुनर्निर्माणको काम दसैं अघिमात्र सम्पन्न हुनेभएको छ, निर्माण कम्पनीले दिएको जानकारी अनुसार हालसम्मको भौतिक प्रगति ७१% मात्रै रहेको छ। तेस्रो पटकको समयअवधि यहि चैत्र मसान्तमा सकिने भएपनी धरहरा पुनर्निर्माणको काम दसैं अघिमात्र सम्पन्न हुने रमण कन्स्ट्रक्सनका परियोजना प्रमुख सन्जय नकर्मिले बताए। उनी भन्छन,’ हामी रातिपनी काम गरिरहेका छौ, हामीले जुन निवेदन दिएका छौ त्यो अनुसार दसैं अगाडि काम भ्याउनु पर्ने भएकाले हामिले ४००,५०० जना मान्छे राखेर काम गर्नुपर्ने अवस्था छ। करिब ३ अर्ब ४९ करोड लागत अनुमान गरिएको पुनर्निर्माणमा हालसम्म २ अर्ब १२ करोड खर्च भएको छ।

सुरुमा ४ रोपनी बाट सुरु गरिएको काम अहिले ४२ रोपनी क्षेत्रफलमा पार्किङ, गार्डन् बनाउने काम भइरहेको छ, यद्यपि निर्माणाधीन धरहराको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिले गएको साल बैशाख ११ मा धरहरा उद्घाटन गरेका थिए। १ बर्ष अघि धरहराको उद्घाटन गरिएता पनि धरहराको काम सम्पन्न हुन दसैं पर्खनु पर्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम गर्दै आइरहेको थियो तर गएको पुस ९ गते प्राधिकरणको म्याद सकिएपछि यसको जिम्मा सहरी बिकास तथा भवन निर्माण बिभागले लिएको छ।

कोभिड१९ संगै आयातको समस्याले पुनर्निर्माणको काम ढिलाइ भएको सहरी बिकास तथा भवन निर्माण बिभागका आयोजना निर्देशक कोसनाथ अधिकारीले बताउनुभयो। निर्देशक अधिकारीले भन्नुभयो,’ धरहरा निर्माणकै प्रगति हेर्ने हो भने ७१% हाराहारी काम भएको अवस्था छ र हामिले यसलाई यस आर्थिक बर्षभित्र सम्पन्न गर्ने प्रयास त गरिरहेका छौ तर अलिकति एलसी खोल्नुपर्ने र बिदेशबाट समान ल्याउनुपर्ने कुरामा कडाइ भएकोले पुनर्निर्माणको काममा ढिलाइ हुने अवस्था उत्पन्न भएको छ’।


ताजा समाचार

spot_img