दोधारा । दोधारा चाँदनी–७ वडा कार्यालयलाई ‘समृद्धिको मार्ग–२०७८’ पुस्तक हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा कार्यालयलाई एक कार्यक्रमको बिच ‘समृद्धिको मार्ग–२०७८’ पुस्तक हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका स्थित रहेको निर्धन उत्थान लघुबित्तीय संस्थाले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ वडा कार्यालयमा आयोजित कार्यक्रममा उक्त पुस्तक वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहेक क्षेत्रीलाई हस्तान्तरण गरिएको हो । निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाद्धारा प्रकाशित ‘समृद्धिको मार्ग–२०७८’ नामक पुस्तकमा निर्धन उत्थान लघुबित्तिय संस्था केन्द्रिय कार्यालयबाट प्रकाशित वार्षिक ७७ जिल्लामा १ सय ८१ वटा शाखाका असल उद्यमी ग्राहक सदस्यहरुको जिवनी पुस्तकमा समेटिएको छ् । जसमा दोधारा चाँदनी नगरपालिकामा रहेको निर्धन उत्थान लघुबित्तीय संस्थाले सघाएको आफ्ना सदस्य दुर्गा सिजालीको जिवनी यस वर्षको ‘समृद्धिकोमार्ग–२०७८’ पुस्तकमा समेटिएको छ् । २०७१ साल देखि संस्थामा आबद्ध भएर दुर्गा सिजालीले घरमा बाख्रा पालन, किराना पसल, भैसी पालन, स्टेशनरी पसल संचालन गरि निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाले वर्षेनी प्रकाशित हुने ‘समृद्धिको मार्ग–२०७८’ पुस्तकमा आफ्नो जिवनी प्रकाशित गर्न सफल भएका हुन् । दुर्गा सिजालीले संस्थाबाट सामुहिक जमानी अन्तर्गत कर्जा उपयोग गरिरहेका छन् । संस्था प्रति लगनशिल भएर संस्थाबाट सामुहिक जमानीबाट ऋण लिएर राम्रो आम्दानी गर्न सफल भएपछि दुर्गाले ‘समृद्धिको मार्ग–२०७८’ पुस्तकमा आफ्नो जिवनी प्राकशित गर्ने मौका पाएका संस्थाले जनाएको छ् । लघुवित्तको सेवाका कारण आज धेरै मानिसहरुले उद्यशीलताको बाटो रोजेको पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताएका छन् । ग्रामीण भेगका विपन्न वर्गमा लघुवित्तको मार्फत जिविकोपार्जनको आधार बनोस् भन्ने आफूले चाहेका बताउदै वडाध्यक्ष बहेक क्षेत्रीले दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी दुर्गा सिजालीको ‘समृद्धिको मार्ग–२०७८’ मा जिवनी प्रकाशनका लागि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था दोधारा चाँदनी प्रति समेत धन्यबाद तथा आभार व्यक्त गरेका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, निर्धन उत्थान लघुबित्त बित्तिय संस्था दोधारा चाँदनी शाखा प्रबन्धक जितनारायाण चौधरी, संस्थाका लेखापाल दुखीराम बुढाथोकी लगाएतको उपस्थिती रहेको थियो ।







