फेवातामा अचम्मको खेल ट्राइथोलन  (भिडियो सहीत)

पोखरा : पोखरामा शनिबार सम्पन्न एशियन ट्राइथोलन एण्डं दक्षिण एशियाली ट्राइथोलन च्याम्पियनसीपको उपाधि पुरुष तर्फ जापान र महिला तर्फ काजकिस्तानले जितेको छ । ट्राईथोलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ्ग १० कि।मि। र दौड ५ कि.मि.को दूरी पूरुषत तर्फ जापानका जेन्ता भेकहिडाले ५३ मिनेट १४ सेकेण्डमा पुरा गदै स्वर्ण जिते ।

त्यस्तै जापानकै क्योतारो योसहिकावाले ३५ मिनेट २२ सेकेण्डमा दुरी पार गदैँ रजत र अष्ट्रियाका लेवन पउगरले ५३ मिनेट ३६ सेकेण्डमा दुरी पार गदै कास्य पदक जिते । महिला तर्फ स्वर्ण पदक जितेकी काजकिस्तानकी इकातेरिना शाबालिनाले एक घण्टा २ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरिन् । उनलाई पच्छाउदै जापानकी हिराकु फुकुओकाले एक घण्टा २ मिनेट ५३ सेकेण्डमा दुरी पार गदै रजत पदक र काजकिस्तानकी नाडेजाडा बेकमागान बेटोभाले एक घण्टा ४ मिनेट १४ सेकेण्डमा दुरी पार गदै कास्य पदक जितिन् ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २२ खेलाडीले सहभागिता जनाएका थिए । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले विजेतालाई पुरस्कार वितरण गरेका थिए । पोखाराको पर्यटकिय स्थल लेकसाइडमा भएको प्रतियोगितामा फेवा तालमा पौडी, मुख्य सडकमा साइक्लिङ्ग र दौडका लागि व्यवस्थ मिलाईएको थियो । नेपाल ट्राइथोलन एसोसियनले प्रतियोगिता आयोजना गरेको हो ।

ताजा समाचार

This will close in 10 seconds