कञ्चनपुर : कञ्चनपुरमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन भएको छ । माओवादी निकट अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सुप प्रदेशको प्रथम सम्मेलन भएको हो । शनिबार महेन्द्रनगरमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ फ्याक्सन इन्चार्ज कल्पना धमलाले अधिवेशन उद्घाटन गर्दै प्रगतिशिल जनस्वास्थ्यकर्मीले जनताको जनस्वाथ्यमा अहोरात्र खटिनुपर्नेमा जोडदिईन ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष डा. कृष्ण सागर शर्मा (पौडेल), माओवादी केन्द्र सुप प्रदेका अध्यक्ष हरिराम चौधरी, कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट, जिल्ला संयोजक खेम पाण्डे सहितका स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यमा प्रगतिशिल जनस्वास्थ्यकर्मी खटिदै गुणस्तरिय सेवा प्रदानमा जोडदिएका थिए । कार्यक्रममा महाकाली अस्पतालका निवर्तमान अध्यक्षक कृष्णदत्त जोशी(बोक्सर)लाई र अस्पतालालाई सम्मान गरिएको थियो ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्याक्सन इन्चार्ज उपाध्यक्ष पकज रावलले महासंघको सुप प्रदेशको प्रथम सम्मेलन ऐतिहासिक भएको बताए । उनले सम्मेलनबाट सुदूरपश्चिमको स्वाथ्य सुधार एव नीति कार्यक्रम बारे योजना ल्याईएको बताउँदै कार्यान्वनयका लागि प्रदेश सरकारलाई घचघच्याउने बताएका छन । कार्यक्रममा प्रदेशभरीका प्रगतिशिल जनस्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।







