पिएमपिएसद्दारा वृद्दसेवा केन्द्रलाई सहयोग


कञ्चनपुर : भीमदत्त न.पा. ५ वनगांउ स्थित प्रकाश मेमोरियल पब्लिक स्कुलका संस्थापक, शिक्षक र विद्यार्थी मिलि २०७८ सालको होली कार्यक्रम खेली उठेको रकमबाट वेदकोट न.पा. ७रौटेला स्थित बैजनाथ वृदसेवा केन्द्रलाई सहयोग गरेका छन । विद्यार्थीहरुले संस्कृती संरक्षणको जिम्मेवारी सम्झी होली खेली सामाजिक सेवाको भावले ओतप्रोत भइ वृदसेवा केन्द्रलाई सहयोग गरेका हुन ।

विद्यालयका वि.व्य.स.अध्यक्ष निलम आले गुरुङ,प्रिन्सिपल रोशन गुरुङ, विद्यालय संयोजक मुकेश प्रसाद पाण्डे लगायत शिक्षक विद्यार्थीको सक्रिय सहभागितामा होली खेली कार्यक्रम सम्पन्न भएको होे । होली कार्यक्रमबाट उठेको रकमबाट वृदसेवा केन्द्रलाई ३ बोरा चामल,५ के.जी दाल, तरकारी लगायत फलफुल सहयोग गरिएको हो । वृदसेवा केन्द्रले असहाय, बेसाहारा वृदवृदाहरुको संरक्षण गरेवाफत विद्यालयले सम्मान पत्र समेत प्रदान गरेको छ । विद्यालयका वर्तमान तथा भुतपुर्व शिक्षक विद्यार्थी मिलि नगद ३४२६ ।

समेत प्रदान गरिएको हो । विद्यालय संयोजक मुकेश प्रसाद पाण्डे, शिक्षक तथा लेखापाल देवकी ऐरी, पार्वती थापा, विद्यालय सल्लाहकार अमित प्रसाद भट्ट लगायतले विद्यालयका तर्फबाट प्रदत्त खाद्यान्न सामग्री वृदसेवा केन्द्रका सञ्चालक बहादुर सिंह विष्टलाई हस्तान्तरण गरेका थिए । कक्षा ८ का विद्यार्थीहरुले गाना, डिभाइन एकेडेमीका सहायक प्र.अ. ललित सिंह धामीले डेउडा भाका गाएको कार्यक्रमको सञ्चालन विद्यालयका सल्लाहकार अमित प्रसाद भट्टले गरेका थिए भने कार्यक्रमको अध्यक्षता संयोजक मुकेश प्रसाद पाण्डेले गरेका थिए । सोही दिन विद्यार्थीहरुले धुमधामका साथ वनभोज समेत बनाएका छन । विद्यालय यस प्रकारको सेवा कार्यमा विगत लामो समयदेखी सक्रिय छ ।


Loading Viewer...

ताजा समाचार

spot_img