क्याम्पसमा शैक्षिक वातावरण संचालन गर्न नसकेको भन्दै क्रान्तिकारी विद्यार्थीद्वारा कुर्सी जलाये


कञ्चनपुर : प्रिन्सिपलले क्याम्पसमा शैक्षिक वातावरण संचालन गर्न नसकेको भन्दै क्रान्तिकारी विद्यार्थीद्वारा कुर्सी जलाईयो सुदूरपश्चिम विश्वविद्यालयमा फेरी बबण्डर मच्चिएको छ । अखिल क्रान्तिकारीले विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भराज चन्दको कुर्सी जलाईदिएको छ । क्रान्तिकारीले प्रिन्सिपल चन्दले कक्षा सचालन गर्न नसकेको र केन्द्रीय क्याम्पसमा डिष्र्टव गराउन भूमिका निर्वाह गरेको आरोपमा कुर्सी जलाएको हो । क्रान्तिकारीले प्रिन्सिपल चन्दाको कार्यकक्षको कुर्सी बाहिर ल्याएर जलाएका थिए ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष हेमराज अवस्थीले प्रिन्सिपल चन्द पिन्सिपलले कक्षा संचालन गर्न नसक्दाको परिमाण आएको बताए । प्रिन्सिपल चन्दले सहमती विपरित आफु निकट विद्यार्थीलाई कक्षा संचालनका बेला डिजे बजाएर डिस्र्टब गरेको बताए । ‘विभिन्न संकायका विद्यार्थीको कक्षा संचालन भएको थियो, ‘उनले भने, ‘पढिरहेका विद्यार्थी आक्र्रोसित भएर पिन्सिपलको कुर्सी जलाएका हुन ।’ प्रिन्सिपलको कुर्सी जल्नुको पछाडी उनी आफै कारण रहेको क्रान्तिकारीको दावि छ । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्दले मञ्च र फिल्डमा कार्यक्रम गर्नका लागि अनेरास्ववियूलाई भनेपनि उनीहरुले नमानेको बताए । ‘मैले यहाँ कार्यक्रम नगर्नुहोस, भनेको थिए, उनीले मानेन, ‘तर उनीहरुले कार्यक्रम संचालनका लागि पिन्सिपल कार्यालयमा अनुमति मागेका थिए, मैले मौखिक अनुमती दिए ।’

आफु पढाईरहेका बेला किन डिजे बजाउन दियौँ भन्दै एक हुल आएर तोडफोड र कुर्सी जलाएर गएको उनले बताए । अनेरास्ववियु विश्वविद्यालयका नेता रविन नाथले केन्द्रीय क्याम्पसको प्राङगमा सहमती अनुरुप कार्यक्रम गरिएको बताए । ‘पहिलो बिहान ६ देखि १० बजेसम्म सिप्ट हुन्छ, ‘उनले भने, ‘दोस्रो १० देखि २ बजेहुन्छ, हामीले कुनैपनि कक्षा र विद्यार्थीलाई असर नपर्ने गरि कार्यक्रम गरिरहेका हौँ ।’ चन्द एमाले कोटाबाट केही दिन पहिले प्रिन्सिपलको जिम्मेबारी पाएका थिए । आफु निकट विचार राख्ने विद्यार्थी संगठनलाई मञ्च दिएको भन्दै अन्य विद्यार्थी संगठनले समेत पिन्सिपल चन्दको बिरोध गरेका छन । बेथिति र चरम राजनीतिक खाण्डमा भाँसिएको विश्वविद्यालयमा कहिले केही कहिले केही निहुँमा विश्वविद्यालयमा शैक्षिक वातावरण धुमिलिदै गएको छ । दल र नेताको आडमा कर्मचारी प्राध्यापक बन्ने होडबाजीले विश्वविद्यालय विश्वविद्यालय जस्तो नभई एक निजी कम्पनी र बोडिङ्ग भन्दा तल्लो स्तरमा गएको भन्दै विद्यार्थी, कर्मचारी प्राध्याक संघ संगठनविचमै मतभेद देखिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img