समाजवादीका कञ्चनपुर उपाध्यक्ष धामी पुन एमालेमै फर्किए


कञ्चनपुर : नेकपा एकीककृत समाजवादी कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह धामी पुन एमालेमै फर्किएका छन । आइतबार एमाले कञ्चनपुरका नेता रण बहादुर महरा, जगत सिह नरेश सिह, ज्ञानेन्द्र विष्ट सहितले उनलाई एमालेमै फर्काएका छन ।

एमाले युवा नेता समेत रहेका धामी एमाले फुटसंगै समाजवादीतिर गएका थिए । समाजसेवी समेत रहेका धामी एमालेमै फर्किएसंगै उनलाई पार्टीका नेताहरुले स्वागत गरेका छन । कतिपय उनकै एमाले सहपाठीहरुले कहिले एमाले, कहिले काँग्रेस कहिले समाजवादी त कहिले विभिन्न पाटी क्षणभरमै परिर्वतन गर्दा अस्थिर त कतिपयले उनलाई डाईनामिक, ईमान्दार र नेता भन्दै आएका छन ।


ताजा समाचार

spot_img