बैतडीको दोगडाकेदार गाउँपालिका भरिका सामुदायिक विद्यालयहरु ५ दिनका लागि बन्द


नवीन जोशी /कञ्चनपुर : बैतडीको दोगडाकेदार गाउँपालिका भरिका सामुदायिक विद्यालयहरु ५ दिनका लागि बन्दा गर्ने निर्णय गरेको छ । गाँउ शिक्षा समितिको निर्णय अनुसार शनिबार चैत्र १२ गते शिक्षक सेवा आयोगले खुला तथा समाबेशी परिक्षालाई मध्यनजर गर्दै चैत्र १४ गते देखि १८ गते सम्म परिक्षा सञ्चालन हुने भएकोले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यस गाउँपालिका अन्र्तगतका विद्यालयहरुमा अध्यापनरत अधिंकाश शिक्षकहरु सो परिक्षामा सहभागि हुन जाने र विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले आगामी शैक्षिक सत्रको बर्षे बिदाबाट कट्टा हुने गरि यहि चैत्र १४ गते देखि १८ गतेसम्म ५ दिनका गाउँपालिका भरिका सामुदायिक विद्यालयहरु ५ दिनका लागि बन्दा गर्ने निर्णय गरिएको दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमख सुरेश प्रसाद भट्टले बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img