बेदकोट नगरमा माओवादी केन्द्रमा प्रवेस गर्ने युवा बढे


कञ्चनुर : नेकपा माओवादी केन्द्र बेदकोट नगर कार्य समितिको पाटी कार्यालय उद्घाटन गरिएको छ । आइतबार माओवादी केन्द्र बेदकोट नगरको पाटी कार्यालय एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले नगर पाटी कार्यालय उद्घाटन गरेका छन । पाटी कार्यालय उद्घाटन गर्दै माओवादी जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले माओवादीकै संघर्षका कारण सिहदरबारको अधिकार गाँउ गाँउमा आएकाले त्यसको सदुपयोगका लागि माओवादी नै बढि जिम्मेबार रहेको बताए ।

‘जसको नीति, उसकैको नेतृत्व हुनुपर्छ, ‘उनले भने, ‘त्यसो हुँदा ल्याएको नीतिलाई कार्यान्वयन गर्न माओवादीकै नेतृत्व आवश्यक हुन्छ ।’ नेकपा माओवादी केन्द्र कञ्चनपुरका सयोजक खेम प्रशाद पाण्डेले माओवादीकै एजेण्डामा मुलुक संचालन भईरहेको बताउदै उनले माओवादीलाई फेरीपनि जनमत दिनुपर्नेमा जोडदिए । ‘आज माओवादीकै कारण जनताको छोरा शासन सत्तामा पुगेर आफ्नो भविष्य बारे आफैले निर्णय गर्ने तहमा पुगेको छ, ‘उनले भने, ‘बेदकोट सहित कञ्चनपुर जिल्लाभरीमा माअोवादीलाई थप जिम्मेबारी दिनुहोस ।’ माओवादी केन्द्र प्रदेश सदस्य हिरा जैसीले माओवादी केन्द्र सबैको पार्टी समावेसी पार्टी भएकाले महिलाको उमुक्तिका लागि पार्टीले थुप्रै योजना नीति ल्याएको बताए । प्रदेश सदस्य तथा नगर इन्चार्ज गणेश विक(कुसल)ले कसैको डर त्रास नगरेले माओवादीलाई मत दिनुपर्ने बताए ।

‘पैशाका बलमा मत नदिनुहोस, ‘उनले भने, ‘स्थानीय तहको नेतृत्व ल्याउने पार्टीलाई जिम्मेबारी दिनुहोस ।’ पाटी कार्यालय उद्घाटन कार्यक्रममा काँग्रेस, एमाले, राप्रपा सहितका विभिन्न पार्टी परित्याग गरेर दर्जनौँ युवाहरुले माओवादी केन्द्र प्रवेस गरेका छन । माओवादी केन्द्र बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले काँग्रेस, एमाले, राप्रपा सहितका विभिन्न पाटी परित्याग गरेर माअोवादीमा प्रवेस गरेको बताए । उपाध्यक्ष भट्टका अनुसार रनी लुहार, प्रेम महर, नरेश टमाटा, नरेन्द्र सुनार, श्याम टमाटा, सागर दमाई पुष्कर विक, लाल पाल, सुरज विक, संकर विक, मोहन सुनार लगायतका दर्जनौँ युवाहरु माओवादीमा प्रवेस गरेका छन । यस्तै बेदकोट नगरका सफल युवा उद्यमी प्रेम महरको नेतृत्वमा समेत युवाहरुले माओवादीमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र बेदकोट नगर युवा नेता डिबी धामी (अबिरल)ले माओवादी केन्द्रमा युवाहरु आकर्षण बढ्नका लागि माओवादीकै नीति भएको बताए ।

‘माओवादीकै संघर्षका लागि सबै क्षेत्रको समुदायको प्रतिनिधित्व हुने गरि स्थानीय तहमा जनप्रतिनिधित्वको प्रतिनिधित्व भईरहेको छ, ‘उनले भने, ‘माओवादीमा युवा, महिला, दलित, आदिवासी, जनजाति सबै वर्गको सम्मान र उनीहरुको मुक्तिका लागि संघर्ष गर्दा आकर्षण बढ्यो ।’ बेदकोट नगरका माओवादी नेता कार्यकर्ताहरुले पटक पटक स्थानीय तहको चुनावमा एमाले, काँग्रेस, राप्रपा सहितलाई जनताले नेतृत्व दिएको भन्दै यस पटक माओवादी केन्द्रलाई जिम्मेबारी दिन आग्रह गरेका छन । माओवादीले बेदकोट नगरको नेतृत्व पाए नगरको एकिकृत दिगो विकास र सम्बृद्धिका लागि योजना ल्याउने घोषणा गरेका छन । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारले आगामी चुनावमा बेदकोट नगरमा माओवादी जिताउनका लागि युद्ध स्तरमा कार्यक्रम संचालन गरिने बताए । माओवादी केन्द्र बेदकोट नगर सदस्य बिरेन्द्र विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नगर सचिव दान बहादुर बमले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र बेदकोट नगरका स्थानीय नेता कार्यकर्ता सहित जिल्ला, प्रदेश केन्द्रका नेताहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img