चुनाव लड्न काँग्रेस कञ्चनपुरका उप सभापति रानाद्वारा शिक्षकबाट राजिनामा


कञ्चनपुर: स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएपछि कञ्चनपुरको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पदबाट राजिनामा दिएका छन । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर बेलडाँडी गाँउपालिका ५ ईमलियामा रहेको गणेश माध्यामिक विद्यालयका शिक्षक हरिशचन्द्र रानाले पदबाट राजिनामा दिएका हुन । काँग्रेंस कञ्चनपुरका उपसभापति समेत रहेका प्राथमिक तह राहत तृतिय श्रेणीमा कार्यरत रहेका शिक्षक रानाले आइतबार राजिनामा दिएका हुन ।
उनले विद्यालयका प्रअ कृतिलाल चौधरीलाई राजिनामा पत्र बुझाएका छन । १ असोज ०५८ सालदेखि रानाले सोही विद्यालयमा निजी स्रोतमा शिक्षण गर्दै १ पुष ०६१ देखि राहत अनुदान कोटामा कार्यरत थिए । गत मसिरमा सम्पन्न भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट राना काँग्रेस कञ्चनपुरको उपसभापतिमा निर्वाचित भएसंगै उनीमाथि नैतिक संकट परेको थियो । पार्टीको जिल्ला उपसभापति जस्तो पदमा निर्वाचित रानालाई नेता बन्नेकी शिक्षक बन्नेमा द्वविधा परेका बेला चुनावकै मुखमा आएर राजिनामाले कतै चुनावको तयारी रहेको आशंका उब्जाएको छ ।
संस्थापन कोईराला पक्षीय आदिवासी जनजाती समुदायका युवा नेता रानाले शिक्षकबाट राजिनामा दिएसगै पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रका लागि चुनाव लड्ने चर्चा चलेको छ । तर, उनले चुनाव लक्षित नभई नैतिक रुपमा राजिनामा दिएको प्रतिकृया दिएका छन । ‘एउटा पार्टीको निर्वाचित जिल्ला उपसभापतिले शिक्षक बन्नेर दैनिक पढाउने कि, नेता बन्नेमा नैतिक प्रशन आउँछ, ‘उनले भने, ‘मैले शिक्षकको बाटो बन्द गरे, राजनीतिमा आएर जनताको सेवा गर्छु ।’

ताजा समाचार

spot_img