महेन्द्रनगर : सुर्खेत घर भएका रनेश दानी आफुले कमाई गरेको पैसा सहित आफनो परिवारसंग बसेर खुशियाली मनाउन भन्दै सपना देख्दै आई रहेका थिए । कामको सिलसिलामा उत्तराखण्ड बागेश्वर गडुडबाट घर फर्किने क्रममा हल्दवानी भन्ने ठाँउमा खानामा औषधी राखेर बेहोस बनाएर उनलाई लुटियो ।

“खानामा औषधी कसरी मिलाईयो आफुलाई थाहा नै भएन” उनले भने, “आफुसंग भएको सामान नगद मोवाईल सबै लुटुर लगे मित्र समाज नभएको भए आफु घरपनि नपुग्ने उनले बताए ।” उनीबनबासामा राजेश रानाको सम्पर्कमा आए र उनले मित्र समाजसंग भेट गराई दिएपछि उनलाई कञ्चनपुरको मित्र समाजले सहयोग गरेको छ ।

उनलाई मित्र समाज कञ्चनपुरका अध्यक्ष जितेन्द्र रावल सहितको टिमले नगद २ हजार ५ सय रुपैया दिएर घर पठाएका छन् । सुदूरपश्चिममा चाडपर्वहरु घरदैलोमा आउँदै गर्दा पछिल्लो समय भारतका बिभिन्न शहरहरुबाट नेपालीहरु घर फर्किने क्रम पनि बढदै गईरहेको छ । यहि समयमा लुटेराहरु सक्रिय भएर नेपालीहरुलाई लुटने भएकाले सचेत र सतर्क रहन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







