जनमोर्चाले चुनावी भेला गर्दै


कञ्चनपुर : राष्ट्रिय जनमोर्चाले कञ्चनपुरमा चुनावी भेला गर्न लागेको छ । आगामी बैशाख ३०मा हुने स्थानीय तहको चुनावका लागि जनमोर्चाले चुनावी भेला गर्न लागेको हो ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले स्थानीय तहको चुनावका लागि जनमोर्चाले समेत तयारी गर्नका लागि चैत्र ५ शुक्लाफाँटा नगरपालिका १२कालागौडीमा चुनावी भेला गरिएको बताए ।

उनका अनुसार केन्द्रीय महासचिव मनोज भट्टको प्रमुख आथित्यमा आयोजना हुने भेलामा चुनाव केन्द्रीत जिल्ला स्तरका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण एव तयारीका लागि योजना बनाईने बताए ।


ताजा समाचार

spot_img