प्रभात बिद्या निकेतनले मनायो २९ओै बार्षिकाेत्सव


कंचनपुर : कंचनपुर जिल्लामै उत्कृष्ट ठहरिएको प्रभात बिद्या निकेतन बसन्तपुरले आफ्नाे स्थापनाकाे २९ ओै बार्षिकाेत्सव बिबिध कार्यक्रम गरि मनाएकाे छ। २ बर्ष बाट विश्वब्यापि काेराेना संक्रमणका कारण कुनै पनि कार्यक्रम हुन सकेका थिएनन भन्नू हुन्छ बिद्यालयका संस्थापक प्रधान अध्यापक डा शंकरदत्त भट्ट। बि स २०४९ सालमा स्थानिय केही शिक्षाप्रेमि समाजसेवीकाे पहलमा स्थापना गरिएको बिद्यालय हाल आएर जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालयका रुपमा परिचित भएको छ। भिमदत्तनगरपालिका वार्ड न १६ बसन्तपुरमा रहेकाे बिद्यालय आफैमा भाैतिक पुर्वाधारले सम्पन्न एक नमुना बिद्यालय हाे भन्नू हुन्छ बिद्यालयका संस्थापक एवम् गुठि समितिका अध्यक्ष चक्रदेव भट्ट।

प्रभात बिद्या निकेतन बाट अध्ययन गरेका थुप्रै बिद्यार्थीहरु देश बिदेशमा गई उच्च ओहाेदामा रहि काम गरिरहेका छन। गुठि अन्तरगत स्थापना भई संचालनमा रहेका यसक्षेत्रमा मात्रै नभई कंचनपुर जिल्लामै जम्मा ४ वटा बिद्यालय रहेका छन। ती मध्येको प्रभात बिद्या निकेतन पनि एक हाे। न्यून शुल्कमा पुर्णतया अंग्रेजी माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने बिद्यालयका रुपमा परिचित याे बिद्यालय आज आफ्नाे २९ ओै बार्षिक उत्सव एवम् पुरुस्कार बितरण कार्यक्रम सम्पन्न गरेकाे छ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर सिहकाे अध्यक्षतामा गरिएकोमा कार्यक्रममा गुठि समितिका अध्यक्ष चक्रदेव भट्ट, बिद्यालय ब्यवस्थापन समितिका सदस्यद्वय डिल्ली राज पनेरु, हर्क बहादुर धामि, शिक्षक अविभावक संघका अध्यक्ष रामदत्त भट्ट , सदस्य राजेन्द्र बहादुर चन्द बिद्यालयका प्रधान अध्यापक डा शंकर दत्त भट्ट लगाएत शिक्षक कर्मचारी अविभावक बिद्यार्थीकाे बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। प्रभात बिद्या निकेतनमा नर्सरी देखि कक्षा १२ सम्मकाे पढाइ हुने गरेकाे छ। बिद्यालयका बिबिध बिधामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल हुनुहुने बिद्यार्थीहरुलाई मेडल प्रमाणपत्र र उपहार सहित सम्मानित गरिएको थियाे।


ताजा समाचार

spot_img