कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरको दोधाराचाँदनी नगरमा उत्पन्न विवाद समाधानका लागि स्थानीय नेताहरुले माग अघि सारेका छन । सोमबार कैलालीको धनगढीमा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी, केन्द्रीय सदस्य बिना मगर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का स्वकीय सचिव रमेश मल्ल सहितका नेताहरुलाई निवेदन दिएको हो ।

दोधाराचाँदनी नगरमा भीम कुमाल र भक्त सुनार नेतृत्वमा दुई कमिटि रहेका छन । भीम कुमाल नेतृत्वको दोधाराचाँदनी माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुले प्रदेश अध्यक्ष चौधरी, केन्द्रीय सदस्य मगर सहितका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मल्ललाई निवेदन दिएको छ ।

नेकपा माओवादी केन्द्र दोधाराचाँदनीका अध्यक्ष भीम कुमालले नगरमा देखिएका पार्टी विवाद समाधानका लागि नेताहरुलाई पत्र बुझाएको बताए । ‘हामीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेताहरुलाई पत्र बुझाए, ‘उनले भने, ‘पत्र बुझ्दै नेताहरुले नयाँ ढङगबाट विवाद समाधान गर्ने आश्वासन दिएका छन ।’







