महेन्द्रनगर : मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरको पहलमा अब आउने स्थानिय तहको निर्वाचनमा महिलाहरुको सहभागिता ५० प्रतिशत सुनिश्चित गर्ने लगायतको माग राख्दै पत्र बुझाईएको छ सामाजिक रुपान्तरणका लागि महिला सञ्जालमा आवद्ध संघ संस्था हरू, नागरिक समाज र सरोकारवाला हरूले प्रतिवद्धता व्यक्त गरेको हस्ताक्षर सहित को व्यानर र हस्ताक्षर माईन्युट राजनीतिक पार्टी, निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।
स्थानिय तहको निर्वाचनमा नेतृत्व तहमा महिला सहभागिता गराई हरेक क्षेत्रमा महिला को ५०% सहभागिता सुनिश्चित गर्न, महिला माथि हुने हिंसा न्यूनीकरणका लागि एक्यवद्ध भई पहल गर्न र जातिय छुवाछुत अन्त्य गर्न पहल गर्ने भनि सम्बन्धित कार्यालयमा आफनो माग सहितको पत्रहरु बुझाएको मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीले बताईन् । आउँदै गरेको स्थानिय निर्वाचनमा महिलाहरुको उपलब्धी मुलक सहभागिता गराउनु पर्ने, महिलाहरुलाई प्रमुख भुमिका दिईनु पर्ने नेतृत्वका लागि महिलालाई अवसर दिईनु पर्ने लगायतको माग रहेकाले सबै पार्टीहरुको सकारात्मक प्रतिक्रिया रहेको उनले बताईन् ।
महिलाहरु आफैले उपप्रमुख होईन अब प्रमुखको पदमा लडनको लागि पनि सक्षम भईसकेको र आगामी दिनमा महिलाहरुको नेतृत्वले नै समाजमा रहेका कुरुती कुसंस्कारको अन्त्य गर्न को लागि पनि महिलाहरुको नेतृत्व अपरिहार्य भएको सन्जिवनी नेपालका कार्यक्रम निर्देशक नितु भण्डारीले बताईन् । कञ्चनपुर जिल्लाका प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र सरोकारवाला हरूले प्रतिवद्धता व्यक्त गरेको हस्ताक्षर सहित को व्यानर र हस्ताक्षर माईन्युट राजनीतिक पार्टी, निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बुझाईएको हो ।






