महेन्द्रनगर : डडेल्धुराको आलिताल गाउँपालिकामा आफनो जग्गाको लालपुर्जा पाउने भएपछि स्थानिय हर्षित भएका छन् । दुई हप्ता भित्रै लालपुर्जा दिने गरी राष्ट्रिय भूमी आयोगले जग्गाको नापी गर्न थाले पछी स्थानिय खुसी भएका हुन् ।
आलिताल गाउँपालिका–४ बाट जग्गाको नापी शुरु भई लालपुर्जा दिने तयारी थालिएको छ । २०५४ सालमा नापी भई फिल्ड बुक कायम भएकाहरुलाई दुई साता भित्रै लालपुर्जा दिने तयारी गरिएको राष्ट्रिय भूमी आयोग डडेल्धुरा अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।

आठ वटा वडा रहेको आलितालमा वडा नं. ४ बाट काम शुरु गरिएको वडा अध्यक्ष चन्द्रदेव बोहराले बताए । हिजोका दिनमा फिल्ड बुक कायम भईसकेका जग्गाको घटबढ वा बिक्रि भएको छ छैन भनी नापी गर्न लागिएको छ । उनले धने, अव्यवस्थित बसोवासको अवस्था कस्तो छ भनेर पनि नापी भईरहेको छ । वडा नं. ४ मा दुई सय ४९ परिवार अव्यवस्थित बसोवास गरिरहेका छन ।

पाँच जना भूमीहिन दलित र पाँच जना सुकुम्बासी रहेको उनले बताए । लाल पुर्जा पाउने भए पछी स्थानिय खुसी भएको उनको भनाई छ । जमिन भए पनी लालपुर्जा नहुदा आफु संग जमिन रहने कि नरहने पिर रहने गरेको स्थानिय लाल बहादुर बोहराले बताए । लालपूर्जा नहुदा बैकिङ्ग कारोबार पनि गर्न नमिल्ने थियो । अहिले नापी हुदा यी पिर कम हुदै गएको उनले बताए ।







