‘नागरिकलाई गुणस्तरीय सेवा दिनका लागि तत्पर छौं’


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले नागरिकलाई गुणस्तरीय सेवा दिनका लागि कर्मचारीलाई दिर्नेशन दिनु भएको छ। वडा कार्यालय र स्वास्थ्य कार्यालयको अनुगमन गर्नु हुदै नगर प्रमुख ऐरले जनतालाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नका लागि निर्देशन दिएका हुन । बिहीवार नगर प्रमुख ऐरले वडा नं ५ र वडा नं ४ मा पुगेर कर्मचारीलाई सेवाग्राहीलाई सेवा उपलव्ध गराउदा व्यहोर्नु परेको अप्ठेरो बारे जानकारी लिनुका साथै कार्य प्रगतिका बारे जानकारी लिएका छन ।

No description available.

गाउँ गाउँमा स्वास्थ्य सेवा पुगेको उल्लेख गर्दै उनले जनतालाई घर दैलोमै सेवा पुरयाउनका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए ।स्वास्थ्य क्षेत्रमा औषधी र जनशक्तिको अभाव हुन नदिका लागि कार्य अगाडी बढाईने उनको भनाई थियो । पिपलाडी स्वास्थ्य चौकीमा रहेका स्वास्थ्य उपकरण सञ्चालन गर्नका लागि छिट्टै प्राविधिक सहित चिकित्सको व्यवस्था गरिने उनले बताए । यस अघि नगर प्रमुख ऐरले वडा नं ११,८,६ वडा कार्यालय र स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img