कोरोनाबाट प्रभावितभई रोजगारी गुमाएका साना उद्यमीलाई मेसिन र औजार वितरण


कञ्चनपुर : कोभिड– १९ बाट प्रभावितभई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीहरुलाई मेसिन र औजार बिहीवार वितरण गरिको छ । एक्ट एलायन्स, एलडव्लुएफ र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजना अन्र्तगत २३ जना साना उद्यमीहरुलाई मेसिन र औजार वितरण गरिएको हो । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार चार जना छालाजुता व्यवसायी, नौ जना सिलाई कटाई पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक जना, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार जना, खुद्रा पसल सञ्चालक तीन जना, तरकारी व्यवसायी तीन जना र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ ।

‘छालाजुता व्यवसायीलाई आवश्यक औजार सहित छाला, सिलाई कटाई व्यवसायीलाई मेसिन, आरन व्यवसायीलाई मेसिन, काठका भाँडा बनाउने कार्यमा संलग्नलाई विद्युतीय मोटर वितरण गरेका छौं’ उनले भने, ‘खुद्रापसल, तरकारी पसल र कुखुरा व्यवसायीलाई डिजिटल तराजु वितरण गरिएको छ ।’ प्रत्येक उद्यमी र व्यवसायीलाई रु १५ हजार मूल्य बरावरका मेसिन र सामग्री उपलव्ध गराईएको छ । ‘नगरपालिकाका कोरोना प्रभावित भएका ८४ जना साना उद्यमीहरुलाई छनौट गरिएकोमा पहिलो चरणमा २३ जनालाई मेसिन र औजार वितरण गरिएका छौं’ अध्यक्ष लुहारले भने, ‘छनौटमा परेका अन्य साना उद्यमीलाई केही दिन भित्रै दोश्रो चरणमा मेसिन र औजार वितरण गर्छौ ।

’यसैगरी, कृष्णपुर नगरपालिका क्षेत्रका ८४ जना साना उद्यमीलाई समेत मागका आधारमा मेसिन र औजार वितरण गरिने उनको भनाई रहेको छ । साना उद्यमीलाई मेसिन र औजार वितरण गर्नु हुदै नगर प्रमुख दिल बहादुर ऐरले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक तालिम र पूजिँ अनुदानका लागि नगरपालिका सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img