महेन्द्रनगर : कञ्चनपुरको जिल्ला समन्वय समितिको समन्वय अधिकारी खेमप्रसाद चौधरीलाई पदाधिकारीले आधा घण्टा कार्यकक्षमै थुनेका छन् । सेवा सुविधा रोकेको भन्दै पदाधिकारीले समन्वय अधिकारी चौधरीलाई कार्यकक्षमै थुनेका हुन् । पदाधिकारीहरुलाई दुव्र्यवहार तथा मनोमानी तवरले कार्य गरेको भन्दै उनिहरुले थुनेका हुन् ।

हाजिरी रजिष्टरको विषयमा आज विवाद भएको र प्रत्येक महिनाको २ पटक वैठक बस्नुपर्ने भएपनि विगत ४ महिना देखी वैठक नबसेको विषयमा विवाद भएको हो । अहिले प्रहरीले समन्वय अधिकारीको कार्यकक्षमा लगाइएको ताला तोडेको छ । समन्वय समितीका प्रमुख र समन्वय अधिकारीबिच राम्रो सम्बन्ध नरहेको एक पदाधिकारीले बताए ।







