दोधारा चाँदनीमा अखिल नेपाल महिला संघको प्रथम नगर अधिबेसन


दोधारा । अखिल नेपाल महिला संघको दोधारा चाँदनीको प्रथम नगर अधिबेसनको बिधिवतरुपमा आज उद्धघाटन गरिएको छ् । अखिल नेपाल महिला संघको दोधारा चाँदनीका अध्यक्ष वर्षा साँउदको सभापतित्वमा संचालन भएको नगर अधिबेशनका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय कमिटि पोलिट ब्युरो सदस्य एवम् कञ्चनपुर ईन्चार्ज निरु देबि पाल रहेका थिए भने, बिशिष्ठ अतिथीमा नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरी रहेका थिए । यस्तै अतिथीमा नेकपा एमाले प्रदेश कमिटि सदस्य नन्दलाल चटौत, नेकपा एमाले जिल्ला कमिटि उपसचिव तथा क्षेत्र नं. ३ संयोजक कर्ण बहादुर चन्द, लगाएत नेता राजिव खड्का, किशोर कुमार लिम्बु, हरि सिंह धनाडी, ओंम बस्नेत, खिमा चन्दको उपस्थिती रहेको थियो । कार्यक्रममा बक्ताहरुले नगर अधिबेशनको सफलताको कामना गरेका थिए । साबिकको चाँदनी गाबिस कार्यालयको सभा कक्षमा संचालन भएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नेकपा एमालेमा आबद्ध तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो । नगर अधिबेशनले ७० सदस्यीय अखिल नेपाल महिला संघको दोधारा चाँदनी कमिटि निमार्ण गरि आगामी दिनमा कमिटिलाई पुर्णता दिने भएको नेकपा एमालेका नेता पदम रावलले जानकारी दिएका छन् ।

 


ताजा समाचार

spot_img