नायल क्षेत्रमा मन्त्रीद्वय सोडारी, तामाङ्ग र धर्मगुरुद्वारा अनुगमन गाँउको विकासका लागि मन्त्रीद्वय सोडारी, तामाङ्गको प्रतिबद्धताले स्थानीय आशावादी

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको पर्यटकिय नगरी नायल क्षेत्रमा प्रदेशका मन्त्री, धर्म गुरु सहितका अधिकारीले स्थलगत अनुगमन गरेका छन । बुधबार बौद्धधर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछे, भौतिक पूर्वाधार विकासमन्त्री एव नेकपा एकिकृत समाजवादी सुप प्रदेशका ससदीय दलका नेता समेत रहेका दीर्घ सोडारी, आर्थिक मामिलामन्त्री तारालामा तामाङ्ग सहितका अधिकारीले नायल क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । कैलाली, कञ्चनपुर र डडेल्धुरा तीन जिल्लाको सीमा क्षेत्रमा रहेको पर्यटकिय उच्च सम्भावना बोकेको नायल ताल सहित गाँउको स्थलगत अनुगमन गरेको नेकपा एकिकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बलमे बताए ।
समाजवादी कञ्चनपुरका युवा नेता समेत रहेका बमले पर्यटकिय सम्भावना बोकेको ऐतिहासिक क्षेत्रको बौद्धधर्म गुरुदेखि प्रदेशका मन्त्रीद्वय सोडारी, तामाङ्ग सहितका अधिकारीले स्थलगत अनुगमनबाट उक्त क्षेत्रमा प्रदेश सरकारको ध्यान गएको बताए । ‘प्राचिन नायल गाँउमा विद्युतीकरण नहुँदा अध्याँरोमै जनता बस्न बाध्य भएका छन, ‘समाजवादीका नेता बमले मन्त्रीद्वयको ध्यानाकर्षण गराउँदै भने, ‘बम यो गाँउमा प्रदेश सरकार पुगेको छ, मुहार फेरिने आशावादी छौँ ।’ भौतिक पूर्वाधार विकासमन्त्री एव नेकपा एकिकृत समाजवादी सुप प्रदेशका ससदीय दलका नेता समेत रहेका सोडारी, आर्थिक मामिलामन्त्री तामाङ्गले विकासबाट उपेक्षित गाँउको दिगो विकास र ओझेलमा परेको तालको सम्र्बद्धनमा प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
प्रदेशका मन्त्रीद्वय सोडारी र तामाङ्गले गाँउको विकासका लागि आधारभूत पूर्वाधारका कार्यक्रम संचालन गर्ने बचन दिएको समाजवादीका नेता बमले बताए । ‘उहाँ मन्त्रीद्वयले जनता समक्ष गाँउ र तालको विकासका लागि प्रदेश सरकारबाट पहल गर्ने जनतासंग प्रतिबद्धता जाहेर गरेका छन, धर्मगुरुले समेत धार्मिक दृष्ट्रिकोणबाट नायल एकदमै उपयुक्त स्थान भएको बताए, ‘समाजवादीका युवा नेता बमले भने, ‘एकै पटक ऐतिहासिक स्थानमा धर्मगुरुदेखि मन्त्री सहितका अधिकारीको आगमनले विकासको दियो बल्ने आशा पलाएको छ ।’ गाँउका एकै पटक धर्मगुरुदेखि, मन्त्रीहरु, मन्त्रालयका उच्च पदस्थ कर्मचारी सहितका नेता गणबाट अनुगमन भएर विकासका लागि बाचा दिएकोप्रति स्थानीय हर्षित भएका छन । ऐतिहासिक नायल गाँउसम्म पुग्नका लागि पक्की सडक छैन, गाँउका विजुली छैन, भएको नायल ताल समेत पुरिन थालेपछि प्रदेश सरकारले चासो दिएर गाँउको स्थलगन अनुगमन गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds