युवा परिषदको आयोजनामा सरसफाई

महेन्द्रनगर: भीमदत्त पार्कमा सरसफाई गरिएको छ ।No description available.

शनिबार प्रदेश युवा परिषदको आयोजनामा ‘स्वस्छ प्रदेश स्वस्थ्य युवा, स्वस्थ्य युवा समृद्ध प्रदेश’ समाजका लागि एक दिन भन्ने मुल नाराका साथ कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको भीमदत्त पार्कमा सरसफाई कार्यक्रम गरिएको युवा परिषदका कार्यकारी सदस्य विस्ना पन्तले बताए । उनले प्रदेशका ९ओटै जिल्लामा सरसफाई गर्ने कार्यक्रम अन्तर्गत भीमदत्त पार्कमा सरसफाई गरिएको बताए ।No description available.

सरसफाई कार्यक्रममा सुदूपश्चिम प्रदेशका पूर्वराज्य मन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका वडा अध्यक्ष राजेन्द्र पाण्डेय, प्रदेश युवा परिषद सदस्य मनोज चन्द, नेरास्ववियूका जिल्ला संयोजक रमेश पन्त, संहसंयोजक प्रज्वल कुवँर लगायतका युवा, विद्यार्थी र नेपाल प्रहरीको सहभागिता रहेको थियो ।No description available.No description available.No description available.No description available.

ताजा समाचार

This will close in 10 seconds