जनचेतनामूलक सर्टमुभी निमार्ण गर्दै जनज्योती माबिका शिक्षक, बिद्यार्थी


दोधारा । शान्तिका लागि कला (एमएपी) परियोजना अन्तर्गत श्री जनज्योति माध्यमिक विद्यालय दोधारा चाँदनीको जनज्योति बाल क्लबले मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक भिडियो नाटक सार्वजनिक गर्न तयारीमा जुटेको छ् । यस अघि बाल विवाह सम्बन्धित सर्ट मुभी निर्माण गरेको थियो । बालविवाह सम्बन्धी सर्ट मुभीलाई सामाजिक संजालमा राखेपछि सबैले रुचाएपछि जनज्योति बाल क्लबले मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक भिडियो नाटक निमार्ण गर्न लागेको हो । बिद्यालयका स–साना बालबालिकाहरुले अभिनय गरेको भिडियो निमार्ण गर्न लागेको मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक भिडियो नाटकको निमार्ण कार्य अन्तिम तयारीमा रहेको बताईएको छ् । श्री जनज्योति माध्यमिक विद्यालय दोधारा चाँदनीका शिक्षक होम बहादुर थापा मगरको निर्देशनमा निमार्ण क्रममा रहेको सर्ट भिडियोको नाउ भने सार्वजनिक गरिएको छैन् । गाँउ बस्तीका सोझा साँझा किशोरीलाई दलालहरुले कसरी बेचबिखन गर्छन् तथा बेचिएका किशोरीहरुको पिडा तथा माईती नेपाल, नेपाल प्रहरीले बेचिएको किशोरीलाई गरिएको उद्धार समेत भिडियोमा शन्देश दिने प्रयत्न गरिएको निर्देशक तथा शिक्षक होम बहादुर थापाले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न स्थानमा छायांकन सकेर सम्पादन कार्यमा रहेको उक्त भिडियो सम्पादन कार्य सकेर चाडै सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने तयारी रहेको श्री जनज्योति माध्यमिक विद्यालयले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img