लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कञ्चनपुरको संयोजकको जिम्मेवारी पल्टु राना र जिल्ला प्रवेक्षकमा प्रेमवती राना


कञ्चनपुर : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कञ्चनपुरको संयोजकको जिम्मेवारी पल्टु रानालाई दिइएको छ । पार्टी केन्द्रिय समितिले रानालाई जिल्ला संयोजकको जिम्मेवारी हो । जिल्ला प्रवेक्षकमा प्रेमवती रानालाई जिम्मेवारी दिएको पार्टीका नेता लोकराज भट्ट लोकेशले बताए ।

जिल्लामा सबै नेता कार्यकर्तालाई मिलाएर संगठन बिस्तार तथा पार्टीको गतिबिधिलाई निरन्तरता दिने संयोजक रानाले बताए । कञ्चनपुरमा पकड बलियो बनाएको राजपा उपेन्द्र यादवको पार्टी संग समायोजन भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो । जसपा फुटे पछि महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img