दोधारा । दोधारा चादनी नगरपालिकामा निशुल्क आँखा शिविर संचालन हुने भएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजना तथा नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल महेन्द्रनगरको प्राबिधिक सहयोगमा आउदो शनिवार निशुल्क आँखा शिविर संचालन हुने भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालयमा एक दिने निशुल्क आँखा शिविर संचालन हुने अध्यक्ष मल्लले जनाएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा आँखाका रोगीहरुले टाढा–टाढा गएर उपचार गर्न बाध्यता रहेको हुदा बिरामीहरुको आर्थिक समस्यालाई मध्यनजर राख्दै घर नजिकै उपचारको ब्यवस्था नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले गरेको हो ।