दोधारा चाँदनीमा भब्यताको साथ मनाईयो तमु ल्होसार (फोटो फिचर)

दोधारा : दोधारा चाँदनी नगरपालिकामा तमु ल्होसार (गुरुङ्ग समुदायको नयाँ वर्ष) भव्यताका साथ मनाइएको छ् । ल्होसारको अवसरमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बुद्ध नगरमा एक कार्यक्रम आयोजना गरि मनाईएको दोधारा चाँदनी नगर स्थित रहेको तमु समाजले जनाएको छ् । सबै जातजाति, भाषाभाषी मिलेर लाग्दानै समृद्धि र एकता सम्भव रहेको बक्ताहरुले जोड दिएका छन् । गुरुङ्ग समुदायले देश बिदेशमा आ–आफ्ना ठाँउमा जम्मा भएर नयाँ वर्षको स्वागत गरिरहेको कार्यक्रममा बताईएको छ् ।

नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयाली स्वरुप विशेष उत्साह र उमंगका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद दोधारा चाँदनीले जनाएको छ् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद दोधारा चाँदनीको सहयोग र तमु समाज दोधारा चाँदनीको आयोजनामा संचालन भएको थियो । कार्यक्रमका सभापती तमु समाज दोधारा चाँदनीका नगर संयोजक तमान सिंह गुरुङ्ग रहेका थिए भने प्रमुख अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए ।

कार्यक्रममा नेपाली काग्रेंस दोधारा चाँदनीका नगर अध्यक्ष राजेन्द्र मल्ल, राप्रपाका पुर्व केन्द्रीय सदस्य शान्तीमाया सुनुवार, नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष रामचन्द्र थापा, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत गिरी, जनजातीका नेता हरिशंकर रोकाया लगाएतको उपस्थिती रहेको थियो ।

नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्नो धर्म संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बक्ताहरुले बताएका छन् । संर्कीणता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसरहरु फलदायी हुने अपेक्षा गरिएको बताईएको छ् । कार्यक्रममा जनजाती समुदायका पारम्परिक खानपान तथा पोशाक समेत हेर्न पाईन्थ्यो । जनजाती किशोर तथा किशोरीहरुले आफ्नो भेषभुषा सहित सास्तकृती कार्यक्रम समेत प्रस्तुत गरिएको जनजाती महासंघ नगर समन्वय परिषद्का सह–सचिव अमित पुन मगरले जनाएका छन् । नेपाल बहुभाषा भाषी, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले राज्यले ती सबैको सम्मान गर्ने वातावरण बनाओस् र वैमनस्य तथा विभेद उत्पन्न हुने कुनै ठाँउ नदेओस् भन्ने पनि कामना समेत गरिएको छ् ।

समग्र नेपाली जनसमुदायमा परस्पर एकता, सद्भाव र भाईचाराको सुसम्बन्धले निरन्तरता पाओस् र जातीय विद्वेष फैलाउने सबै खाले अतिवादी तत्वबाट देश र जनतालाई जोगाउदै नेपाल र नेपालीको चौतर्फी विकासको निमित्त गुरुङ समुदायले महत्वपूर्ण योगदान गर्न सकोस् भन्ने कार्यक्रममा गरिएको छ् । बिगतका दिनहरु देखि तमु ल्होसारको अवसर पारेर जनजाती महासंघ नगर समन्वय् परिषद् दोधारा चाँदनीले महत्वसकारुपमा मनाउदै आएको छ् । दोधारा चाँदनी नगर क्षेत्रकै जनजाती समुदायका ब्यक्तीहरु आफ्नो पहिरनमा महत्सवको आनन्द लिने गर्छन् ।

‘गुरुङ्ग समुदायमा नयाँ वर्षको शुरुवातका रुपमा मनाइने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए ।

ताजा समाचार

This will close in 10 seconds