सुप विश्वविद्यालयमा तालाबन्दी


कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा फेरी तालाबन्दी भएको छ । शिक्षक कर्मचारीले नै तालाबन्दी गरेका हुन । विश्वविद्यालयले शिक्षक कर्मचारीमाथि मार पर्ने निर्णय गरेर भविष्य नै धरापमा पार्ने काम गरेको भन्दै सुप विश्वविद्यालय रजिष्ट्रार यज्ञराज पाठकको कार्यालयमा तालाबन्दी गरेका हुन ।

मंगलबार विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षक(प्राध्यापक) कर्मचारीले तालाबन्दी गरेका छन । तालाबन्दीका कारण रजिष्ट्रार कार्यालयको काम प्रभावित भएकोछ । प्राध्यापक कर्मचारीको उपदान, पेन्सन, बढुवा लगायतका विषयमा असहमती जनाउँदै तालाबन्दी गरेका छन ।


ताजा समाचार

spot_img