सरकारी निकाय भ्रष्टाचार सम्बन्धीका सूचना लुकाउँछन


कञ्चनपुर: कञ्चनपुरका स्थानीय नागरिकले सरकारी निकायले भ्रष्टाचार , अनियमितता गरेका गर्न लागेर गर्ने योजनमा रहेका सूचना लुकाउने गरेको बताएका छन । मंगलबार राष्ट्रिय सूचना अयाोगले महेन्द्रनगरमा आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी समुदाय र समुहका लागि सुचनाको हक सम्बन्धीत अन्तरकृया कार्यक्तममा सहभागिले सरकारी निकायले भ्रष्टाचार, अनियमितता गरेका गर्न लागेर गर्ने योजनमा रहेका सूचना लुकाउने गरेको बताएका हुन । सहभागिले स्थानीय तह सहितका निकायमा हुने अनियमितता, भ्रष्टाचारका सूचना लुकाउने प्रवृति हावि भएको बताएका छन । आयोगले नागरिकलाई सहज सूचना प्रवाहका कारण सरकारी निकाय घचघच्याउनुपर्नेमा जोडदिएका छन । कार्यक्रममा पत्रकार समेत रहेका भीमदत्त नगरपालिका २ उल्टाखामका स्थानीय अम्बादत्त तिवारीले भीमदत्त नगरमा तीन बर्ष अघि नागरिक सरोकारको सूचना माग गरेपनि अहिलेसम्म नदिएको बताए ।

महिला अगुवा भारती सिहले सूचना लुकाउनु भन्दा पनि सुसुशिच गर्नुपर्नेमा जोडदिनुभयो । पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष विष्णू दत्त अवस्थीले सूचना लुकाएर बलियो हुने मनोवृतिले यथार्थ विषय बाहिर नआउने बताए । नागरिक अभियन्ता प्रभुनिधी पन्तले सूचनाको हकलाई ग्रामिणमुखी बनाउनुपर्नेमा जोडदिए । भीमदत्त नगरका प्रवक्ता हिमालय चन्दले सूचना माग्ने विषय एकिन नहुँदा के दिने के नदिनेमा द्वविधा बढ्ने बताए । ‘सूचनाको हक सबै नागरिकका लागि मात्रै हो, ‘उनले भने, ‘हामीसंग पत्रकार मात्रै माग्न आउँछन, त्यो पनि बषौँका सूचना एकै पटक माग्छन ।’ भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कुनैपनि सुचना सम्बन्धीत कार्यालय, शाखाबाट प्रवाहित भईरहेको बताए । ‘सूचना माग्ने कुन प्रयोजन र उदेश्यका लागि हो, त्यो एकिन हुनुपर्छ, ‘उनले भने, ‘कानुन अनुरुप सबै नागरिकलाई भीमदत्त नगरपालिकाले सूचना प्रवाह गर्छ ।’ सूचना आयोगकी आयुक्त कमल ओलीले नागरिकलाई तोके अनुरुप सूचना प्रवाह गर्नुपर्नेमा जोडदिईन । अनावश्यक सूचना माग भन्दा पनि चाहिने तोकिएको मापदण्ड अनुरुप माग्नुपर्ने र सहजै दिनुपर्नेमा जोडदिईन ।


ताजा समाचार

spot_img