कञ्चनपुर : खेल्ने क्रममा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ । वेदकोट नगरपालिका-९ सुन्दरपुरस्थित अनमोल इँटाभट्टा नजिक खेल्ने क्रममा पानीको खाल्डोमा डुबेर बेल्डाडी गाउँपालिका-३ घर भएका वीरेन्द्र रानाको २ वर्षीय छोरा अर्विन रानाको सोमबार दिउँसो मृत्यु भएको छ ।